मकवानपुर र चितवनमा दुईजनाको मृत्यु

0
57

प्रस, मकवानपुर, ३ भदौ/
    हेटौंडा–४ स्थित आइसोलेशनमा उपचाररत एकजना पुरुषको मङ्गलवार राति मृत्यु भएको छ।
    हेटौंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय पुरुषको मृत्यु भएको आइसोलेशन कक्षका इन्चार्ज भोला चौलागाईंले जानकारी दिएका छन्। मृत्युपछि गरिएको स्वाबको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित उनको कोरोनाबाट हेटौंडामा ज्यान गएको यो पहिलो घटना हो।
    यसैबीच, पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ। १०८ वर्षीया वृद्धाको सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिएका छन्। उनको मङ्गलवार मात्रै पिसिआर परीक्षण नतीजा पोजेटिम आएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्