कोरोना कुन चरणमा पुग्यो

150

अहिले कोरोना कुन चरणमा पुग्यो, मानिस–मानिसबीच फरक मत होला। मैले हेर्दा यो तेस्रो र अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा यसको सङ्क्रमण देखियो, दोस्रो चरणमा यो समुदायमा विस्तार भयो र तेस्रो चरणमा यसले ज्यान लिन थाल्यो। ज्यान लिनुभन्दा माथि कुन चरण हुन सक्छ ? तेस्रो चरणपछि यसको प्रत्यागमन मात्र हुन सक्छ। प्रत्यागमन अर्थात्, यसको विनाश वा मारक क्ष्Fमतामा –हास। केही मुलुकमा यसको मारक क्ष्Fमता रोकिएको देखिएको छ। तर प्रायः मुलुकमा यसको मारक शक्ति अत्यासलाग्दो गरी बढेको छ। अमेरिकाजस्तो अति विकसित मुलुकमा यस सङ्क्रमणबाट मर्नेको सङ्ख्या पौने दुई लाख नाघेको छ। त्यहाँ बढ्दो सङ्क्रमित सङ्ख्या देख्दा, कोरोनाको प्रत्यागमन तत्काल सम्भव देखिंदैन। हाम्रो छिमेकी मुलुक भारतमा पनि अमेरिकालाई पछ्याउने प्रवृत्ति देखिएको छ। हाम्रोलागि यो भयावह अवस्था हो। कोरोनाको प्रवाहलाई अतिशय वर्षासँग तुलना गर्न सकिन्छ। पानीसँग जोगिन हामी घरमा बस्छौं। धेरै वर्षाले सामान्य घरलाई भत्काइदिन्छ। बलियो घर ठडिएपनि पानी भुइँतला भएर घर ध्वस्त पार्न अग्रसर हुन्छ। कोरोनाबाट जोगिने घर भनेको लकडाउन हो। कोरोनाको अतिशय प्रवाहले लकडाउनरूपी घर भत्क्यो। सरकारले बलियो घर निषेधाज्ञा प्रस्तुत ग–यो। अति वर्षाले धरतीको सतह भरिएर पानी भुइँतलामा पसेझैं कोरोना समुदायस्तरमा फैलियो।
कोरोना अहिले प्रखर अवस्थामा छ। यसले आफैं मात्र मारिरहेको छैन, यसको त्रासले मानिसलाई मारिरहेको छ। पर्सा जिल्लामा थुप्रै आत्महत्या भएको छ, चिकित्सकहरूले यसको प्रमुख कारक कोरोना–त्रास बताइरहेका छन्। यसबाहेक यसले प्रभाव पार्ने अर्थव्यवस्थालाई हो। अहिले नै गरिखाने वर्गका मानिसमा यसको प्रत्यक्ष्Fभन्दा परोक्ष्F कुप्रभाव देखिन थालेको छ। अर्थव्यवस्था भनेको अहिलेको युगमा रुपैयाँ–पैसा मात्र होइन, आजीविका पनि हो। आजीविकासम्म समेटिएको नेपाली अर्थतन्त्रमा यसले भविष्यमा खासै होइन, तर वर्तमानमा नराम्रो प्रभाव ल्याउने निश्चित छ। किनकि यो मानिसको आजीविका खोस्ने तरखरमा छ। कोरोना आफैं रोग–सङ्क्रामक छ, अहिले यसले अर्थ–सङ्क्रमण, मनःसङ्क्रमणजस्ता हतिकारसमेत प्रयोग गरिरहेको छ। अर्थव्यवस्था धराशयी पारिदियो, मनलाई कमजोर पारिदियो। यसलाई टुलुटुलु हेरेर बस्नुबाहेक नेपाल सरकारले केही गर्न सकेन। अन्य मुलुकमा जनताको आजीविकाका लागि सरकारले यथाशक्य प्रबन्ध गरेको छ। आजीविकाको यथाशक्य प्रबन्ध त हाम्रो सरकारले पनि गरेको छ, तर सरकारमा बस्नेहरूका लागि मात्र। मनस्थिति बलियो बनाएको छ, तर सत्तामा बस्नका लागि मात्र।
यस अर्थमा कोरोना आफैंमा डरलाग्दो देखिएको छैन, यसको प्रभाव डरलाग्दो छ। यो जुन चरणमा छ, त्यसले यस देशमा ज्यान गुमाउनेको सङ्ख्या जम्माजम्मी १०० नाघेको छ। तर भयावहरूपमा यसले मनोविकृति फैलाइदिएको छ। मनोविकृतहरूका लागि यसले उर्वरकको काम गरिरहेको छ। यसले प्रत्यक्ष्F त्रास फैलाएको छ, तर यसभन्दा ठूलो परोक्ष्F त्रास सरकारले फैलाइरहेको छ। अब देश लकडाउनबाट निषेधाज्ञाको चरणमा पुगिसकेको छ। सङ्क्रमणले पनि भुइँतला नाघ्न थालिसकेको छ। लकडाउन र निषेधाज्ञा कोरोना भित्रिन नदिनका लागि हो, तर कोरोनाले त समुदायमा आधिपत्य जमाइसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्