सहायक क्याम्पस प्रमुख गुप्ताको निधन

0
46

प्रस, वीरगंज, २ भदौ/
ठाकुर राम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद सर्राफ
(गुप्ता)को निधन भएको छ। केही दिनदेखि ज्वरोले ग्रसित गुप्तालाई उपचारको लागि सोमवार दिउँसो एडभान्स मेडिकेयरमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालमा उपचारको क्रममा गुप्ताको राति साढे दश बजे निधन भएको हो। उनलाई निमोनिया भएको चिकित्सकले बताए। स्व गुप्ता हालै नेपाली काङ्ग्रेसले गठन गरेको शिक्षा विभागको सदस्यमा मनोनीत भएका थिए। उनको मङ्गलवार अन्तिम संस्कार गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्