रौतहटमा ३५ जना कोरोना सङ्क्रमित बढे

88

प्रस, रौतहट, २ साउन/
रौतहटका विभिन्न नगरपालिकामा मङ्गलवार ३५ जना कोरोना सङ्क्रमित बढेका छन्। १३ महिलासहित ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। साउन ३० गते १५० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ८० जनाको रिपोर्ट आउँदा गौर नगरपालिकामा २७, माधवनारायण नगरपालिकाका ५ र गरुडा, कटहरिया र नेपाल प्रहरीका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए।
कन्ट्याक ट्रेसिड्ढा आधारमा स्वाब सङ्कलन गरेर परीक्षण गर्दा उनीहरू सङ्क्रमित देखिएका हुन्। सङ्कलित स्वाबमध्ये ७० जनाको रिपोर्ट आउन बाँकी नै छ, गुप्ताले भने, सङ्क्रमितहरूलाई व्यवस्थित आइसोलेशनमा राख्नुको सट्टा होम आइसोलेशनमा रहन भनिएकोले समुदायमा सङ्क्रमण फैलने खतरा बढेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्