बीस किलो चरेस बरामद

0
72

प्रस, सेढवा, २ भदौ/
जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले २० किलो चरेस बरामद गरेको छ।
मकवानपुरको मनहरीबाट तस्करहरूले बीस किलो चरेस पटेर्वासुगौलीको बाटो भएर ल्याइरहेको सूचनाको आधारमा मङ्गलवार बिहान सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको गस्ती टोलीले जगरनाथपुर गापा–२ दसौताको ओरिया खोलाबाट बरामद गरेको थियो। सशस्त्र प्रहरीलाई देखेपछि तस्करहरू चरेस फालेर फरार भएका थिए।
बरामद चरेस इलाका प्रहरी कार्यालय, पोखरिया पठाइएको सशस्त्र प्रनि किसमान तामाङले जानकारी गराएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्