अदालतको आदेशपछि एक्साभेटर उपलब्ध

91

 प्रस, निजगढ, ३२ साउन/
    प्रक्रिया पूरा नगरी वन क्षेत्रमा सडक खन्न प्रयोग गरेको एक्साभेटर ५ दिनभित्र उपलब्ध गराउन आदेश दिएपछि उपलब्ध गराइएको छ।
    सडक खन्न प्रयोग गरिएको एक्साभेटर उपलब्ध गर्न, गराउन भन्दै मकवानपुर जिल्ला अदालतले साउन २५ गते आदेश दिएपछि ३१ गते शनिवार डिभिजन वन कार्यालय मकवानपुरलाई एक्साभेटर उपलब्ध गराइएको छ।
    बकैया गापास्थित चुनढुङ्गा–दरबार सडक गत जेठ ७ गतेदेखि खन्न शुरू गरेपछि जेठ ९ गते वन कर्मचारीले काम रोकेका थिए। वन कर्मचारीले सडक खन्न प्रयोग गरिएको ना.१क ८०८० नम्बरको एक्साभेटर नियन्त्रणमा लिई ल्याउने कोशिश गरेका थिए। त्यस बेला अवरोध गर्न आइपुगेका स्थानीयबीच झड्प हुने स्थितिलाई मध्यनजर गर्दै बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल जिम्मा जमानी बसी वन कार्यालयले चाहेको बखत उपलब्ध गराउने कागजी सहमति भएपछि वन कर्मचारीहरू कार्यालय फर्केका थिए।
    मकवानपुर स्थित बकैया गाउँपालिका–७ मा पर्ने पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र सडक खनेको भन्दै मकवानपुर जिल्ला अदालतमा डिभिजन वन कार्यालय मकवानपुरले साउन २२ गते मुद्दा दायर गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्