हिरासतको निरीक्षण तथा अनुगमन

85

प्रस, रौतहट, ३२ साउन/
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतवार जिल्ला प्रहरी कार्यालयका सम्पूर्ण शाखा र हिरासत कक्षको निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणको क्रममा उनले हिरासतमा रहेका थुनुवाको मर्काबारे सोधखोज गरेका थिए।
सो क्रममा जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले शान्ति सुरक्षाको अवस्था, बाढी नियन्त्रण, कोरोना रोकथाम तथा नियन्त्रण एवं लकडाउन कार्यान्वयन सम्बन्धमा प्रजिअलाई जानकारी गराएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्