मृत्युको ३ तेस्रो दिनपछि कोरोना सङ्क्रमित

0
54

प्रस, जनकपुरधाम, ३२ साउन/
    धनुषामा शुक्रवार मृत्यु भएका  एकजना पुरुषमा आइतवार कोरोना सङ्क्रमण पुष्टि भएको छ।
    धनुषाको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गराइरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ का ४३ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा आइतवार रिपोर्ट पोजेटिभ आएको प्रदेशिक प्रयोगशाला धनुषाले जनाएको छ।
    मृतकको शव परिवारजनको जिम्मा लगाएर पनि सदगत भइसकेको छ। प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पुष्टि गरेका छन्।
यससँगै धनुषामा कोरोना सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। पछिल्लो मृतकको स्वास्थ्य उपचार तथा मलामीमा सहभागीहरूलाई क्वारेन्टाइनमा बस्न भनिएको र उनीहरूको स्वाब सङ्कलन गरी परीक्षणमा पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्