अतिआवश्यक कामको लागि बैंकिङ सेवा शुरू

0
76

प्रस, वीरगंज, ३२ साउन/
वीरगंजमा अत्यावश्यक कामको लागि मात्र बैंकिङ सेवा सञ्चालन गरिएको छ। समुदायमा सङ्क्रमण फैलिएर साउन १० गते निषेधाज्ञा जारी भएपछि वीरगंजमा रहेका २७ वटा निजी बैंकले आफ्नो सेवा बन्द गरेका थिए।
वीरगंज भन्सार कार्यालय, सुक्खा बन्दरगाह, आइसिपी र आन्तरिक राजस्व कार्यालयबाहेकका सबै बैंकको सेवा बन्द थियो। लामो समयसम्म
सेवा बन्द भएपछि अत्यावश्यक वस्तुको लागि भुक्तानीमा समस्या भएपछि साउन २८ गतेदेखि आंशिकरूपमा बैंकिङ सेवा सञ्चालनमा आएको छ। अहिले व्यापारिक प्रयोजनको लागि, औषधि, खाद्यान्न र तलब भुक्तानी तथा अतिआवश्यक कामका लागि मात्र बैंकिङ सेवा प्रदान गरिएको एकजना बैंक कर्मचारीले बताए।
वीरगंजमा बैंकिङ सेवा बन्द भएपछि अत्यावश्यक कामको लागि समस्या भएको थियो। वीरगंजका पेट्रोलियम व्यवसायीहरूले बैंकिङ सेवा सञ्चालन नभए साउन ३२ गतेदेखि सेवा बन्द गर्ने चेतावनी दिएका थिए। उनीहरूले चन्द्रपुर, हरिवन, अमलेखगंज, हेटौंडा, काठमाडौंबाट पेट्रोलियम पदार्थको भुक्तानी गर्नुपरेको हुँदा समस्या परेको भन्दै बैंकिङ सेवा सुचारु गर्न दबाब दिएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्