साढेको आतङ्क

0
56

प्रस, पोखरिया, ३१ साउन/
पोखरियामा साढेले आतङ्क मचाएको छ। एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका साढेले पोखरिया नगरपालिका वडा नं. १, ४, ५, ९ मा आतङ्क मचाएको स्थानीयले बताएका छन्।
साढेहरूले सो क्षेत्रमा रहेका खेतमा रोपिएको धानबाली नष्ट गरिरहेको स्थानीय श्रीकृष्ण महतो नुनियाले बताए। एक सातादेखि साँझ भएपछि साढेहरू खेतमा जाने र धानखेती चर्ने गरेको उनले बताए। साढेहरूको आतङ्क बढेपछि साँझदेखि नै खेतमा चौकीदारी गर्नुपरेको उनले बताएका छन्। चारवटा वडाका किसानहरू आआफ्नो खेतको रखवारी गर्न खट्ने गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्