सखुवाप्रसौनी गापामा बैंक सञ्चालन

0
48

प्रस, पंचगावाँ, ३० साउन/
    निषेधाज्ञाको कारण साउन १९ गतेदेखि सेवा बन्द गरेको सखुवाप्रसौनी गाउँपालिकाको कृषि विकास बैंक शाखाले शुक्रवारदेखि सेवा शुरू गरेको छ।
    शाखाका प्रबन्धक सन्तोष भट्टराईले निषेधाज्ञा लागू भएपछि बैंकिङ सेवा बन्द गर्नुपर्ने केन्द्रीय निर्देशनपछि सेवा शुरू भएको बताए। निषेधाज्ञाको बेलामा ग्रामीण क्षेत्रका मानिसहरूलाई खाद्यान्नलगायतका अन्य खर्च टार्न बैंक बन्द हुँदा समस्या भएकोले सञ्चालनमा ल्याएको बताए। उनले शुक्रवारदेखि दैनिक तीन घण्टा सेवा दिइने जानकारी गराएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्