गोपाल सेवा समितिको आयोजनामा बीसजनाद्वारा रक्तदान

106

प्रस, पर्सागढी, ३० साउन/
श्रीकृष्ण जन्माष्टमीको अवसरमा गोपाल सेवा समिति, पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित बीसजनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए।
वीरगंज–१३ राधेमाईमा आयोजित रक्तदान कार्यक्रममा सुधादेवी यादव, रवि यादव, हरेन्द्र यादव, महन्थ यादव, राजन यादव, जगपाल यादव, समसुल अन्सारी, लवकुश सिंह, राजेश यादव, रामविनय यादव, प्रमोद यादवलगायतले रक्तदान गरेका थिए।
समितिका अध्यक्ष सुरेन्द्रप्रसाद यादवको अध्यक्षता तथा जसपा पर्साका नेता रामनरेशप्रसाद यादवको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्