करेन्ट लागेर तामाङको मृत्यु

110

प्रस, ठोरी, ३० साउन/
ठोरी गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
ठोरी गापा–१ सरस्वतीनगरको फायरलाइनमा करेन्ट लागेर ४० वर्षीय दुर्गाबहादुर तामाङको मृत्यु भएको हो। ससुरालीमा सासूको १३औं दिनको पुण्यतिथि कार्यक्रम भइरहेको बेला पङ्खा जडान गर्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु भएको ठोरी गापा–१ का अध्यक्ष रामप्रकाश कुँवरले बताए।
करेन्ट लागेर घाइते भएका उनलाई ठोरी–२ मा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको स्वास्थ्य चौकी इन्चार्ज अशोककुमार राउतले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्