सडक दुर्घटनामा बाजे, नातिनीको मृत्यु

0
56


प्रस, सप्तरी, २९ साउन/
सप्तरीमा जीपले मोटरसाइकललाई ठक्कर दिंदा मोटररसFइकलमा सवार बाजे र नातिनीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–६ स्थित कल्याणपुर सडकखण्डमा बाजे र नातिनी सवार स.७प ८९३२ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको ना.४च ८४८३ नम्बरको पिकअप भ्यानले ठक्कर दिंदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खडक नगरपालिका–६ कल्याणपुरका ४५ वर्षीय कासीम अन्सारी र उनकी नातिनी ३ वर्षीया फरना खातुन रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अन्सारीको घटनास्थलमैं र बालिकालाई उपचारका लागि अस्पताल लाने क्रममा बाटोमैं मृत्यु भएको हो । घटना बुधवार साँझ करीब ७ बजेको समयमा भएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्