सिम्रौनगढमा पोके तस्करी बढ्दो

0
44

प्रस, सिम्रौनगढ, २८ साउन/
भारतीय सीमासँग जोडिएको कारण सिम्रौनगढमा अहिले झोले तस्करी बढेको छ । भारतबाट विभिन्न सामान ल्याएर नेपालमा बिक्री गर्न स्थानीयको सहभागिता बढेको छ ।

कोरोना सङ्क्रमणले सबैजसो व्यवसाय प्रभावित भएको बेलामा अत्यावश्यक वस्तुहरू भारतबाट तस्करीको माध्यमबाट ल्याएर सिम्रौनगढ बजारका पसलहरूमा पु-याउने काममा अहिले वृद्धि भएको छ ।

नेपाल र भारतमा लकडाउन गरिएसँगै सीमा सिल गरिएपछि अहिलेसम्म आधिकारिकरूपमा सीमा खुला नभएपनि सुरक्षाकर्मीहरूको आँखा छलेर पोके तस्करी बढेको छ ।

सीमाबाट हुने सङ्गठित तस्करीमा सुरक्षाकर्मीलाई प्रभावमा पारी साना झोले, पोके तस्करी मौलाएको छ । कचोर्वा बसवरिया, अमरपुर, सतुवाही, ननसगरा नाका भएर सुरक्षाकर्मीको अगाडिबाटै महिला, पुरुषहरू तस्करीमा सक्रिय भएका छन् ।

भारतको घोडासहनबाट पार्चुन, स्पेयर पाट्र्स, बिजुलीका सामान, खाद्यान्नका सामान भिœयाउने गरिन्छ । एकपटक भारतबाट नेपाल सामान ल्याउँदा झोले, पोके तस्करहरूले तीन सय रुपैयाँभन्दा बढी कमाइ गर्ने हुँदा सिम्रौनगढ क्षेत्रमा तस्करी मौलाएको हो ।

सिम्रौनगढमा संस्थागतरूपमा तस्करी मौलाएको भन्दै भर्खरै सत्तारूढ नेकपा सिम्रौनगढ नगरकमिटीले प्रहरीविरुद्ध प्रदर्शन गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्