मटिहानी बजार क्षेत्र सिल

87

प्रस, महोत्तरी, २८ साउन/
महोत्तरीको मटिहानी नगरपालिका अन्तर्गत मटिहानी बजार बुधवारदेखि सिल गरिएको छ ।

सो नगरपालिका वडा नं. ६ का कोरोना सङ्क्रमित एक पुरुष बितेको सोमवार उपचारको क्रममा मृत्यु भएपछि उनको घर आसपासको बजार क्षेत्र सिल गरिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो ।

मृतकको दाहसंस्कारमा सहभागी भएकाहरू, उपचारको क्रममा संलग्न र घर आसपासका बासिन्दाहरूको स्वाब सङ्कलन भइरहेको नगरप्रमुख हरिप्रसाद मण्डलले बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्