सिरहा र सप्तरीमा १२ जना सङ्क्रमित

115

प्रस, सप्तरी, २७ साउन/
राजविराजस्थित गजेन्द्रनारायण सिंह प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षण अनुसार सोमवार राति
आएको रिपोर्टमा सिराहा र सप्तरीका समेत १२ जनामा कोरोना पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये सिराहाका ८ र सप्तरीका ४ जना छन् । सिराहाको एकै वडाका ७ जनामा सङ्क्रमण देखिएको हो । सुखीपुर नगरपालिका–९ का ४२, २८, २६, २९, २२, २१ र ३५ वर्षका पुरुषका साथै सोही नगरपालिकाको वडा नं २ का २५ वर्षका एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालको पिसिआर परीक्षण शाखाले जनाएको छ ।
यसैगरी, सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–६ का ३४ वर्षीय पुरुष, वडा नं ९ का २७ वर्षीय, वडा नं १० का ३० वर्षीय र वडा नं १२ का ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्