वीरगंज भन्सार र ड्राइपोर्टमा आलोपालो सामान जाँचपास हुँदै

82

प्रस, वीरगंज, २७ साउन/
पर्सामा पछिल्लोपटक पैmलिएको कोरोना महामारीको कारण वीरगंज नाकाबाट भित्रिने सामान तथा निर्यात हुने मालवस्तुको आयात–निर्यातमा प्रतिकूल असर परेको छ । आयात–निर्यात एकदमै प्रभावित भएको भन्सार अधिकारीहरूले बताएका छन् ।
वीरगंजमा निषेधाज्ञा जारी भएको १६औं दिन आइतवारदेखि वीरगंज भन्सार र ड्राइपोर्ट भन्सार नाका सहज बनाउने प्रयास शुरू भएको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको शनिवारको बैठकले वीरगंज भन्सार अन्तर्गत पुरानो भन्सार र एकीकृत जाँच चौकी (आइसिपी) भन्सार नाकाबाट मालसामान भिœयाउन भन्सार एजेन्टहरूलाई आलोपालो प्रणालीबाट सेवा दिने निर्णय गरेको वीरगंज भन्सारले जनाएको छ ।
जस अन्तर्गत आइतवार, मङ्गलवार र बिहीवार १३१, १९९, २४३, २८९, ३३७, ३६७, ४०७, ४०९, ४७३, ०९८, १००, १७२, १९४, २६०, २७०, ३४४, ३७०, ४०२, ४०४, ९०६, ४१६ गरी २१ जना तथा सोमवार, बुधवार र शुक्रवार ०५३, ०६१, ०७१, ०९३, ३२९, ३८५, ४२३, ९०५, ९४९, ०९६, ४२६, ४४४, ४६६, ९०२, ९०८ गरी १५ जना एजेन्टलाई सामान जाँचपास गर्न दिन सर्कुलर जारी गरिएको वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले जानकारी गराए । सोही अनुसार वीरगंजका तीन भन्सार नाकाबाट मालसामान आयात हुने बताइएको छ । उनले यो नियम ड्राइपोर्ट भन्सारको बोराबन्द गोदाममा लागू नहुने जनाए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्