वीरगंजको आशा

0
58

एक समय देशको एकमात्र प्रवेशद्वार मानिएको वीरगंज महानगर अहिले चौतर्फी सङ्कटको घेरामा परेको छ । देशको अर्थतन्त्रको शक–अब्जर्भरको रूपमा रहेको यो शहर प्रत्येक राष्ट्रिय घटना–दुर्घटनाको भागी रहेको छ र सबैभन्दा बढी हण्डर खाएको छ र घाटा पनि बेहोरेको छ । पहिलो राजनीतिक क्रान्तिदेखि पछिल्लो मधेस आन्दोलनसम्म वीरगंज अग्रपङ्क्तिमा रहेको हो । तर कुनै पनि क्रान्ति वा आन्दोलनको फलबाट वञ्चित पारिएको छ । अहिले कोरोना महामारी उत्कर्षमा पुगेको बेला साधनहीन बनेर आप्mना नागरिकको बिल्लिबाँठ हेरिरहेको छ । यहाँको नागरिक समाज सबै गतिविधिमा सदाशयतापूर्वक सहभागी भएको थियो र आज पनि प्राणपणले सङ्कट निवारकको भूमिका निर्वाह गरिरहेको छ । महामारीबाट सङ्क्रमितहरूका लागि सरकारको संवैधानिक दायित्वसमेत यस महानगरले आपैंm बेहोरेको छ । त्यसैले यहाँका नागरिक सञ्चालित दुईवटा अस्पताल स्वेच्छाले कोभिड अस्पतालमा परिणत भए । महानगरका प्रमुखको प्रयासमा पिसिआर मेशिन र आवश्यक किटको व्यवस्था नागरिक सहभागिताबाट भयो ।
नागरिकलाई स्वास्थ्य सुरक्ष्Fा दिनु सरकारको संवैधानिक दायित्व हो । तर सरकारले अहिलेसम्म गरेको काम हात्तीको मुखमा जीराको उदाहरण बनेको छ । यहाँ सरकार पोषित व्यक्ति र संस्थाका थुप्रै अस्पताल छन्, जसले सामान्य अवस्थामा नागरिकलाई लुट्नुसम्म लुटे, आज सङ्कटका बेला दायित्वबाट पन्छेर अमानवीय कृत्यमा लागेका छन् । तर सरकार चुइँक्क गर्न सकिरहेको छैन । कोरोनाजन्य असुविधाको सबैभन्दा कठोर रूप भोजनको अनुपलब्धतामा देखिएको छ । सबै होटल, रेस्टुराँ बन्द छन् । यस्तोमा बाहिरबाट आएका र होटल र ढाबाको भरमा बाँचिरहेका दीनदुःखीहरूका लागि तथा हिजोको समयमा नेपाल–भारत दुवैतर्पmका क्वारेन्टाइनमा बसेका मानिसका लागि यसै महानगरका नागरिकले भोजन उपलब्ध गराएका थिए । त्यसको पछिल्लो संस्करण आज पनि समर्पण सेवा संस्था तथा साहिब दरबार संस्थाले कायम राखेका छन् । अब होटलहरूले आपूmलाई कोरोना आइसोलेशन वार्ड बनाउन भवन प्रस्तुत गरेका छन् । साँच्चीकै भन्ने हो भने महानगरको उन्नति–प्रगतिमा विकल्पबाहेकको अवस्थामा सरकारले एउटा सिन्कोसमेत भाँचेको छैन ।
तर कुनै पनि दुःखदायी घटनामा यस नगर र जिल्लामाथि दोष थोपर्न सरकार चुकेको चाहिं छैन । यहाँ कोरोनाको सर्वाधिक सङ्क्रमण पैmलनमा महानगर होइन, सरकारको नीति दोषी हो भन्ने कुरा स्पष्ट भइसके तापनि अहिलेसम्म सरकारले थप राहत प्रदान गरेको छैन । महानगरका प्रमुख, प्रशासकीय अधिकृत, सक्रिय सांसदलगायत जनप्रतिनिधिहरू एक/एक गरी कोरोना सङ्क्रमणबाट ग्रस्त भइसकेका छन् । जबकि अहिलेको आवश्यकता हो, तीव्ररूपमा सङ्क्रमणको परीक्षण र तत्काल उपचारको व्यवस्था । यस्तोमा सरकार निष्क्रिय र जनप्रतिनिधिहरू थला परेको अवस्था छ । अब बढीमा चलमलाउने प्रदेश सरकार हो, तर प्रदेश सरकारहरूलाई त केन्द्रले आप्mनो सेटेलाइटभन्दा बढी कुनै मान्यता नै दिएको छैन । सङ्घीयता विकेन्द्रीकरणको उच्चतम अवस्था हो, तर प्रदेश सरकारहरूको गति हेर्दा यो हिजोको गाउँ विकास समितिभन्दा बढी प्रभावकारी देखिएको छैन । सङ्घीयताको खोलभित्र सरकार हिजोभन्दा निरङ्कुश र केन्द्रीकृत देखिएको छ । यी समस्त परिस्थितिमा वीरगंजको आशा भनेको स्वयम् वीरगंजकै नागरिकको विवेक र क्रियाशीलता हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्