उपचार अभावमा बालकको मृत्यु

120

प्रस, वीरगंज, २७ साउन/
वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार अभावमा एकजना बालकको मृत्यु भएको छ ।
बारा जिल्ला बारागढी गाउँपालिका–२ सुखीपत्राका नौ वर्षीय शिशिरकुमार साहको उपचार अभावमा निधन भएको छ । मङ्गलवार बिहान
१० बजे नेशनल मेडिकल कलेजमा शिशिरले यो संसार त्याग गरे ।
सामान्य झाडापखाला लागेका शिशिरलाई आइतवार राति स्थानीय कबही स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि वीरगंज ल्याइएको थियो ।
शुरूमा नेशनल मेडिकल कलेज लगिएको र त्यहाँ आइसियू खाली नभएको भनेर फर्काइएको थियो । त्यसपछि शिशिरका परिवारजनले उनलाई वीरगंजको तराई, एसएल न्युरो, भवानी र नारायणीमा पु¥याएका थिए । कहींकतै उपचार गरिएन । निजी अस्पतालले शøया अभाव बताए भने नारायणीले अवस्था कमजोर भएको बताएर रेफर ग¥यो । हारगुहार गरेपछि प्रहरी उपरीक्षक गङ्गा पन्तले नेशनल मेडिकल कलेजमा भर्ना गर्न सहयोग गरिन् ।
त्यहाँ सोमवार बिहान भर्ना गरिएको शिशिरलाई नारायणीमा पिसिआर परीक्षणको लागि स्वाब दिन पठाइएको थियो भने बिहान भर्ना भएका शिशिरको राति ९ बजे मात्र कलेजका स्वास्थ्यकर्मीले चेकजाँच गरी औषधि दिएका थिए ।
कलेजका स्वास्थ्यकर्मीले बिरामीसँग दुई थान पिपिई बिहान खरीद गर्न लगाएको र राति मात्र उपचार गरेका थिए । बिहान शिशिरको पिसिआर रिपोर्ट आउनुपूर्व नै बिहान १० बजे निधन भएको परिवारजले बताएका छन् । वीरगंजमा योसमेत उपचार नपाएर छजनाभन्दा बढीको मृत्यु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्