जनकपुरमा निषेधाज्ञा थप

147

प्रस, जनकपुरधाम, साउन २५/
यही सोमवार राति १२ बजेसम्मका लागि जनकपुरधाममा लगाइएको निषेधाज्ञाको अवधि थप गरेर साउन महीनाभरि रहने निर्णय भएको छ।
आइतवार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको समय साउन ३२ गतेसम्मलाई बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्। जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर बजारसम्मको क्षेत्रमा निषेधाज्ञा जारी रहेको भन्दै प्रजिअ भट्टराइले अति आवश्यक कामबाहेक घरभित्र बस्न नगरवासीलाई आग्रह गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्