असल कार्य गर्न तत्पर युवा

0
64

युवा साहस, उत्साह एवं ऊर्जाको सङ्घनित पुञ्ज हो। उसले चाहन्छ भने नयाँ परिभाषा गढ्न सक्छ, समाज एवं राष्ट्रको कायाकल्प पनि गर्न सक्छ। पहिले समाजसेवा र व्यापार दुई भिन्न कार्य मानिन्थ्यो। पछि यी दुवै एक भयो। यसको परिणाम हो कि आज युवाको नयाँ बिरुवा एकसेएक यस्ता अनौठा उद्यम शुरू गरिरहेका छन्, जसबाट उनीहरूको मात्र होइन समाज र पर्यावरणको पनि भलो हुँदैछ। यसमा कुनै शङ्का छैन कि सामाजिक उद्यमी, आम उद्यमीभन्दा राम्रा हुन्छन्। उनीहरूको उद्देश्य केवल आफ्नो फाइदाको लागि व्यवसाय गर्नु वा कसैलाई व्यवसाय सिकाउनु होइन, बरु पूरै उद्योगमा क्रान्तिको लहर उत्पन्न गर्ने हुन्छ।
चर्चित अमेरिकी उद्यमी बिल डे«टनको भनाइ छ कि सामाजिक उद्यमी आजको आवश्यकता हो। वल्र्ड इकोनोमिक फोरमका संस्थापक कलोज स्वाबको भनाइ छ कि भारतमा सामाजिक परोपकारीसँग जोडिएका स्टार्टअपले आधारभूत सेवालाई आवश्यक व्यक्तिसम्म पु–याउन ठूलो भूमिका निर्वाह गरिरहेको छ। नासकोमको हालैको सर्भेको आँकडाले पनि यसैतर्फ इशारा गर्छ। नासकोमका सिनियर भाइस प्रेसिडेन्ट सङ्गीता गुप्ताका अनुसार भारतमा चार सयभन्दा बढी यस्ता सोशल उद्यम (स्टार्टअप) सक्रिय छन्, जुन प्रविधिको मदतले सामाजिक समस्या समाधान गरिरहेका छन् र मुनाफा पनि कमाइरहेका छन्। मेट्रो शहर होस् वा गाउँ अब हरेक ठाउँमा युवा सामाजिक उद्यमसँग जोडिंदै छन्। २१औं सदीको सुरुआतको वरपर जन्मेको नयाँ पीढीले समाजसेवामा रुचि देखाउँदैछ।
एक समय थियो, जब उद्यमको एकमात्र उद्देश्य फाइदा मात्र कमाउनु हुन्थ्यो। कम्पनी कर्पोरेट सोशल रेस्पोन्सिबिलिटीका अनुसार फाइदाको केही अंश समाजसेवामा खर्च गर्दथ्यो। यस्तो हुँदैनथियो कि कुनै कम्पनी समाजसेवाको माध्यमबाट पैसा कमाइरहेको होस्। बिस्तारै–बिस्तारै उद्यमीहरूलाई अनुभूति हुन थाल्यो कि समाजको भलाइ गर्ने काम पनि उनीहरू राम्ररी गर्न सक्छन्। यस प्रकार जन्मिएको सोशल स्टार्टअप अर्थात् सामाजिक उद्यमशीलता। आम उद्यमशीलतासरह सामाजिक उद्यमशीलता पनि तीव्र प्रसार भयो। बङ्गलादेशमा सिमेक्स जस्ता सामाजिक उद्यम शुरू भयो भने भारतमा आइटिसिई चौपाल र अरविन्द आइ केयरजस्ता उद्यम सामुन्ने आयो। बिस्तारै–बिस्तारै यसको सङ्ख्या बढ्दै गयो। पछिल्लो केही वर्षमा त यसको सङ्ख्यामा यति तीव्रताले वृद्धि भयो कि शायद यसभन्दा पहिले कहिल्यै भएको थिएन।
कामको दबाबमा धेरैजसो नोकरी पेशाका मानिस घरको पारम्परिक खानाबाट वञ्चित रहन्थे। बाहिरको खाना खाएर उनीहरू घरको स्वादलाई बिर्सिसकेका थिए। यस्तोमा पारम्परिक स्वादसम्म मानिसलाई पु–याउने लक्ष्य लियो ‘अन्थेटिकुक स्टार्टअप’ले, जुन आफ्नो उद्देश्यको लागि घरेलु महिलाहरूको मदत लिइरहेको छ। यस स्टार्टअपसँग सम्बन्धित महिलाहरू आफ्नो प्रदेशका खास व्यञ्जन बनाउनमा निपुण छन्। यसले ग्राहकको माग अनुसार प्रदेशको खाना उपलब्ध गराउने मात्र होइन, बरु त्यस खानालाई पस्किने तौर–तरीका पनि त्यस प्रदेशको परम्परा अनुरूप हुन्छ।
इन्टरनेट आज आवश्यकता बनेको छ, जबकि फोहर ठूलो समस्या। मुम्बईका प्रतीक अग्रवाल र राज देसाईंले मिलेर एउटा अनौठो स्टार्टअप शुरू गरे, जस अनुसार बेंगलुरू, कोलकाता र दिल्लीजस्ता शहरमा केही डस्टबिन राखियो। यस डस्टबिनमा फोहर राख्ने बित्तिकै विशेष सिग्नल प्राप्त हुन्छ, जसको मदतबाट हामी आफ्नो माबोइल फोनलाई वाइफाइसँग जोड्न सक्छौं। यसलाई वाइफाइ टै«सबिन भनिन्छ। प्रतीक र राजले यो अनौठो डस्टबिन बनाउने पे्ररणा फिनल्यान्ड, डेनमार्क र सिङ्गापुर जस्ता देशबाट पाए। यसको लागि उनीहरूले आफैं रकम जुटाए। अब मोबाइल टेलिसिस्टम (एमटिएस) अपरेटरले पनि उनीहरूलाई मदत गर्दैछन्।
भोज हाम्रो संस्कृतिको भाग हो, तर हरेक भोजको साथ डिस्पोजेबल (एकपटक प्रयुक्त) हुने भाँडाबाट थुप्रै फोहर उत्पन्न हुन्छ, जसको व्यवस्थापन एउटा समस्या हो। यसलाई ध्यानमा राख्दै लक्ष्मी शङ्करन र ऋषिता शर्माले ‘रेन्ट अ कटलरी’ स्टार्टअप शुरू गरे, जसले व्यक्तिलाई भोज वा पार्टीको लागि चिनियाँ माटोको भाँडा उपलब्ध गराउँछ। यसले पानीको बचत गर्छ किनभने एउटा सानो डिस्पोजल कप बनाउन करीब ४.५ लिटर पानी लाग्छ।
यसै प्रकार प्लास्टिक पर्यावरणको लागि ठूलो समस्या हो। यसको निस्तारण सम्पूर्ण सरकार र कम्पनीको लागि चिन्ताको विषय बनेको छ। आफ्नो घरमैं हामी यो सुनिश्चित गर्न सक्दैनौं कि प्लास्टिकलाई के गर्ने ? तर भारतको नोयडाका पारस सलूजाले यस प्रश्नको एउटा उत्कृष्ट जवाफ खोजेका छन्। उनले मानिसको घरबाट बेकार प्लास्टिक जम्मा गर्छन् र त्यसबाट टायल्स निर्माण गर्छन्। पारस यो काम आफ्नो सोशल स्टार्टअफ ‘शनाया इको युनिफाइड’को माध्यमबाट गरिरहेका छन्। उनले यस काममा नेशनल फिजिकल लैबोरेटरीका वैज्ञानिकसँग पनि सहयोग लिएका छन्। पारसको यस अनौठो पहलको परिणाम पनि उत्साहजनक देखिएको छ।
सन् २०१८ देखि अहिलेसम्म उनले २७५ टन प्लास्टिक जम्मा गरेर लगभग ६ लाख पर्यावरण अनुकूल टायल्स बनाइसकेका छन्। उनको कामलाई हेरेर सर्वसाधारणले पनि उनको टायल्सलाई उपयोग गर्न शुरू गरेका छन्। दिल्ली एनसिआरको रिहायशी क्षेत्रमा रहेको खेलमैदानमा उनको टायल्स बिछ्याइएको छ।
मन्दिरमा पूजामा प्रयोग हुने फूल प्रायः पछि फालिन्छ र प्रदूषणको कारण बन्छ तर कानपुरका अङ्कित अग्रवाल र करण रस्तोगीले यी बेकार फूललाई कच्चा माल बनाएर आफ्नो स्टार्टअप ‘हेल्प अस ग्रीन’ शुरू गरे। उनले बेकार फूलबाट खाद र अगरबत्ती बनाए। यी उत्पाद पनि मानिसले मन पराएका छन्। यसबाट उत्साहित भएर उनले विश्वकै पहिलो नन टक्सिक थर्माकोल, फ्लोराफोम तयार गरे। अब ती फूलबाट विशेष प्रकारको छाला बनाउन जुटेका छन्। उनले सन् २०१५ मा जब यो स्टार्टअप शुरू गरेका थिए, तब उनी कर्पोरेट क्षेत्रमा नोकरी गर्दथे। तर जब उनले हरेक महीना ७२ हजार रुपैयाँ बचाउन थाले, तब नोकरी छाडिदिए। आज यी दुवै कानपुरका करीब ४० वटा मन्दिरबाट पाइने ५ टन फूलबाट उत्पादन तयार गरिरहेका छन्। युसिनेफद्वारा पुरस्कारमा चुनिएका कारण अब उनीहरू काशी, मथुरा र वृन्दावनमा पनि आफ्नो कामलाई विस्तार गर्दैछन्।
मनमा उत्साह र कार्य गर्ने लगन हुन्छ भने युवावर्गले असम्भवलाई पनि सम्भव गर्न सक्छ। समाज, पर्यावरण, राष्ट्रको लागि केही गर्ने चाहनाले अरूलाई पनि केही गर्न अवश्य प्रेरित गर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्