नारायणी अस्पतालबाट एकै पटक २ महिला सहित ४३ जना कोरोना संक्रमित निको भएर घर फर्के

0
252

वीरगञ्ज १२ जेठ ः वीरगन्जको नारायणी अस्पतालबाट एकै पटक २ महिला सहित ४३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन । अस्पतालमा भर्ना भएदेखि दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज भएकने नारायणी अस्पतालका डा.मदन उपाध्यायले जानकारी दिए ।आइसोलेसनमा आएदेखि सबै संक्रमितहरुको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनेमा २ जना वीरगन्जका पत्रकारहरु पनि रहेका छन । डिस्चार्ज भएपछि अब नारायणी अस्पताल खाली भएको छ । डिस्चार्ज हुनेमा १ जना पुरुष सर्लाही बाकि २ महिला सहित ४० पुरुष पर्सा जिल्लाका वीरगन्ज , धोबिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाको रहेका छन । अब पर्सामा गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जनामात्र संक्रमितमात्र रहने छन् । यो भन्दा अगाडि आइतबार राति ११ बजे वीरगन्ज ३ छपकैयाका एकै परिवारका १८ जनालाई डिस्चार्ज भएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्