पोखरिया क्वारेन्टाइनबाट एकजना भागे

0
91

प्रस, पोखरिया, १२ जेठ/
पोखरिया नगरपालिकाको क्वारेन्टाइनबाट एकजना भारतीय भागेका छन्।
जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालय पोखरियामा रहेको क्वारेन्टाइनबाट गएराति एकजना भारतीय भागेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जेठ १० गते क्वारेन्टाइनमा भर्ना भएका २६ वर्षीय भारतीय युवक आज बिहान क्वारेन्टFइनमा नभएको पाइएपछि भागेको बुझिएको बताए।
क्वारेन्टाइनमा १० जना रहेका छन् । फरार भारतीय युवक पोखरिया नपा–६ श्रीसियामा आफन्तको घरमा आएका थिए। क्वारेन्टाइनमा राखिएकै दिन ती युवक भागेको प्रहरीले जनाएको छ।
यसैगरी, प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनबाट पनि एकजना सङ्क्रमित भागेका छन्। धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइसोलेशनमा भर्ना भएका सर्लाहीका चालीस वर्षीय पुरुष आइसोलेशनबाट भागेको पुष्टि गरे। उनले भागेका सङ्क्रमित व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको र यसअघि पनि पटकपटक आइसोलेशनबाट भाग्ने प्रयास गरेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्