किसानहरूलाई धानको बीउ वितरण

0
109

प्रस, वीरगंज, १२ जेठ/
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाले किसानहरूलाई निश्शुल्क धानको बीउ वितरण गरेको छ। नगरपालिकाका दशवटै वडा कार्यालयबाट धानको बीउ वितरण गरिएको सो नगरपालिकाको कार्यालयले जनाएको छ।
सावा कतर्नी, भदैया, चैते ५, राधा ४, सावित्री जातका धानको बीउ वितरण गरिएको हो। नगरपालिकाले दशवटै वडाबाट सात किलोको दरले किसानहरूलाई धानको बीउ वितरण गरेको हो। नगरपालिकाको आर्थिक समितिले १० वटै वडामा १६ लाख मूल्य बराबरको धानको बीउ वितरण गरिएको जनाएको छ। प्रतिवडा चार सय किसानलाई धानको बीउ वितरण गर्ने लक्ष्य रहेको नगरपालिकाले जानकारी गराएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्